शुक्रबार, बैशाख ०७, २०८१

जनकपुरमा पाँच लाख मान्छे उतार्छौ,आक्रमण गरे प्रतिकार : भट्टराई

बुटवल । नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रदेश नम्बर दुईमा पाँच लाख मान्छे उतारेर कार्यक्रम गर्ने बताएका छन् । फागनु २१ बाट सुरु मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सप्तरी घटना घटाएर मधेसी मोर्चाले आफ्नो मृत्युको खाल्डो आफै खनेको छ,’ उनले भने, ‘मेची–महाकाली अभियानले राजनीतिक पसल खोलेर बसेकाहरु अब सकिदैछन् भन्ने प्रमाणित गरेको छ ।’

उनले अब राजनीतिका नाममा अस्थिरता मच्याउनेहरु समाप्त हुने चेतावनी पनि दिए । ‘जनकपुरमा हामी केही समयपछि पाँच लाख मान्छे उतार्ने गरी कार्यक्रम गर्छौ,’ उनले भने, ‘ त्यतिबेला एमालेलाई आक्रमण गर्न कोही आउँ प्रतिकार गर्न तयार छौँ ।