काठमाडौं,३० फागुन । केहि दिन अघि मात्र सरकारमा गएका उपप्रधान एवम् स्थानीय विकासमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेश भए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले भने, ‘हाम्रो पार्टी संशोधन प्रस्तावको विपक्षमा छ । यो प्रस्तावलाई पारित गराउनको लागि सरकारले सदनमा निर्णयार्थ पेश गर्यो भने हामी त्यतिखेर सरकारबाट बाहिरिएर, सबै मन्त्रीहरुले राजिनामा दिएर प्रस्तावको विपक्षमा मतदान गर्छौं ।’
राप्रपाका अध्यक्ष समेत रहेका मन्त्री थापाले आफ्नो पार्टीको संविधान संशोधन प्रस्तावबारे पूर्ववर्ती अडानमा कुनैपनि परिवर्तन नभएको जिकिर गर्दै भने, ‘प्रस्तावबारे पहिला जे अडान थियो, अहिलेपनि त्यही छ ।
मधेस केन्द्रित दलहरुको माग पूरा गर्नको लागि आफू मन्त्री भएको दिनदेखि नै वार्ता तथा छलफललाई अघि बढाइसकेको दाबी समेत थापाले गरे । ‘म मन्त्री भएको दुई दिन भयो, तर मैले मन्त्री भएकै दिनदेखि मधेश केन्द्रित दलहरुको माग पूरा गर्नको लागि विशेष तयारी गरिसकेको छु, उहाँहरुसँगको छलफल भैरहेको जानकारी दिएको छ ।