शुक्रबार, फागुन ११, २०८०

शहीद गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी

कंचनपुर : कंचनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागी मृत्यु भएका शहीद गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ दोदा नदीमा अन्त्येष्टी गरिएको छ ।
आइतबार सेती अंचल अस्पतालवाट निस्कीएको शहीद गौतमको शवयात्रामा कंचनपुरको पुनर्वास  क्षेत्र र कैलालीका हजारौको सहभागीता रहेको थियो । आइतबार बिहान ८ बजे शवयात्रा निस्कने पूर्व निर्धारित कार्यक्रम भएपनि शव वाहन तथा शवयात्राको रुटका विषयमा विवाद हुँदा  १२ बजे दिउँसो मात्र गौतमको शवयात्रा सुरु गरिएको थियो ।