शनिबार, असार ३०, २०८१

जापानवाट तण्डुकारको पहलमा सप्तरीको गरिव परिवारलाई आर्थिक सहयोग

टोकियो । जापानवाट शिव तण्डुकारको पहलमा सप्तरीको गरि परिवारलाई आर्थिक सहयोग पठाएको छ ।

चरम गरिबी र रोगबाट पीडित सप्तरीका मण्डल परिवारको सहयोगार्थ जारी अभियानका लागि जापानबाट आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
जापानमा सप्तरीका मण्डल परिवार सहयोग अभियानका संयोजक शिव तण्डुकारले आईतवार एक समारोहका बीच एक लाख १४ हजार ४६६ येन अर्थात नेपाली एक लाख पाँच हजार रुपैया हस्तान्तरण गर्नुभयो। नेपालमा अभियान संचालन गर्दै आउनु भएका नेपाली कलाकार कुमार कट्टेल जिग्री मार्फत तण्डुकारले जापानवासी नेपालीहरुमा माझ संकलित रकम हस्तान्तरण गर्न पाउदा खुसी लागेको बताउनु भयो ।
सहयोग रकम टोकियो सिनओकुवोमा रहेको जापान मनी एक्सप्रेस जेएमईको मुख्य कार्यालयमा एक समारोहका बीच जेएमईका नेपाल निर्देशक गुरुदत्त सुवेदी र जापान निर्देशक ओम गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

तस्विर : शिव तण्डुकार