बिहिबार, बैशाख १०, २०८३

आफुहरू माथिको कारबाही गर्ने निर्णय पुनर्विचार गर्न क्यानलाई क्रिकेटरहरूको आग्रह

काठमाडौं । चार क्रिकेटरहरूले आफुहरू माथिको कारबाही गर्ने निर्णय पुनर्विचार गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई आग्रह गरेका छन् । शुक्रबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै क्रिकेटरहरू ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कमलसिंह ऐरीर सोमपाल कामीले क्यानसँग सो आग्रह गरेका हुन् ।

उनीहरूले नेपाली क्रिकेटमा विकसित भैरहेका पछिल्ला घटनाक्रमले आफुहरूलाई निकै दुःखी बनाएको बताउँदै क्यानलाई अभिभावकीय भूमिका निर्वाह गर्न समेत आग्रह गरेका छन् ।