बुधबार, असोज ०२, २०८१

शान्तिपूर्ण बन्दको क्रममा श्रेष्ठसहित दर्जनौं बन्दकर्ता पक्राउ

काठमाडौं,२७ फागुन । गत फागुन २३ गते सप्तरीको राजविराजमा प्रहरीके गोलि लागि मृत्यु भएका हत्याकाण्डको विरोधमा लोकतान्त्रिक मधेसी मोर्चाले आज नेपाल बन्द गरेको छ ।

काठमाडौं लगाएत देश भर आज २७ गते गरेको बन्दमा रत्नपार्क संघीय गठबन्धनको आव्हानमा गरिएको बन्दको क्रममा काठमाण्डौको भोटाहिटीबाट ससफो , नेपालका सह९ अध्यक्ष राजेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्यहरु मञ्जु अन्सरी र सानुराजा शाक्य, समाजवादी युवा फोरम, नेपालका अध्यक्ष सुनिलकुमार चौधरी, समाजवादी ट्रेड युनियन महासङ्घ, नेपालका सचिब यज्ञ राई, जेशिका शर्मा, मनिष श्रेष्ठलाई गिरफ्तार गरेको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता डा। ओम गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै नेपालका केन्द्रीय सदस्य कृष्ण बहादुर घजु,जिल्ला सचिव श्याम शिल्पकार, हरि बाईजु, जीवन श्रेष्ठ ,विश्वराम शिल्पकार, सरोज घजु, पुर्ण भक्त बादे, सन्जय शाह,सानू कान्छा कौरीलाई भक्तपुरबाट,सुकदेव तामाङ सहित ७ जनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौंको महाराजगञ्ज, बल्खु र सातदोबाटो लगायतका स्थानबाट २० भन्दा बढी बन्दकर्ताहरु पक्राउ परेका छन् ।
केही बन्दकर्ताहरु सडकमा आएपनि बन्दको प्रभाव भने काठमाडौं उपत्यकामा न्यून छ । बन्दकर्तामाथि धरपकड गरेकोप्रति आन्दोलनकारीहरुले भने विरोध गरेका छन् । बन्दको क्रममा देशभरबाट दर्जनौं बन्दकर्ता गिरफतार गरेको संघीय समाजवादी फोरम जनाएको छ ।