शनिबार, बैशाख ०८, २०८१

ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिएकोमा भीम रावलको विरोध

काठमाडौं । नेकपा एमालेको महाधिवेशनको बन्द सत्रबाट सर्वसम्मत नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष केपी ओलीलाई दिइएको छ । नेकपा एमालेका १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी पार्टी अध्यक्ष ओलीले पाएका हुन् ।

कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विष्णु पौडेलको प्रस्तावलाई बन्दसत्रमा ताली बजाएर अनुमोदन गरिएको थियो । यसमा उपाध्यक्ष भीम रावलले भने असन्तुष्टि जनाएका छन् । रावलले आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको भन्दै पछि नहट्ने बताएका छन् ।