मङ्गलबार, जेठ २६, २०८३

जापानबाट गायक दिपेश श्रेष्ठको पागल नामको म्यूजिक भिडियो सार्वजनिक

जापान । द वड्स ब्यान्ड नेपाल एवम्, डिपेस् एन्ड द ब्यान्ड जापानका गायक दीपेश श्रेष्ठ हाल आफ्नो नयाँ सोलो एल्बम (साथित्व) मा काम गर्दै आएका श्रेष्ठले पागल नामको म्यूजिक भिडीयो सार्वजनिक गरेका छन ।

उही एल्बममा समाबेश गरिएको “पागल” गीत को नयाँ म्युजिक भिडियो वहाँको आधिकारिक यूट्यूब च्यानलबाट रिलिज भएको छ ।
यस गीतको संगीत संयोजन द वड्स ब्यान्ड नेपालका गीतार वादक सुदिप सिंहले गर्नु भएको छ । उक्त म्युजिक भिडियोको निर्देशन,छायांकन,सम्पादन तथा क्यामराको जिम्वेवारि सम्हाल्नु भएको छ । जापानमा लामो समय देखी एनिमेसन सम्बन्धी कार्यमा रहनु भएका सुदिप प्रधानले यस भिडिओलाई जापानको पर्यटकिय ठाउँ सिजुओकाको समुन्द्री तट लगायत टोकियोको अती व्यस्त शहर सिबुयामा सुटिङ गरिएको छ ।

यस गीतमा प्रियंका कार्की, उज्वल महर्जन, शार्दुल महर्जनले अती राम्रो मोडलिङको काम गर्नु भएको छ । साथै ब्यान्डको प्रस्तुतीमा गायक दीपेश श्रेष्ठ जापानमा आवद्द रहदै आएको ब्यान्ड डिपेस एन्ड द ब्यान्ड जापानका मेम्बरहरुले साथ दिनुभएको छ।

निकट भविस्य मानै उक्त एल्बमको अरु गीतहरुको म्युजिक भिडिओमा पनि काम गर्ने, साथै एल्बम पनि रिलिज गर्ने कुरा गायक दीपेश श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तो छ उक्त गीतको पूरा भाग