बिहिबार, जेठ १७, २०८१

मोर्चाको बन्द : तराईमा दोस्रो दिन पनि बिरोध प्रदर्शन जारी

काठमाडौं,२५ फागुन । एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई बिथोल्न खोज्ने मोर्चा कार्यकर्तासँगको झडपका क्रममा प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको थियो सो घटनामा घाईते  वीरेन्द्र महतोको उपचारका क्रममा धरानमा मृत्यु भएपछि  मृत्यु हुनेको संख्या  चार पुगेको छ ।

गोली लागि घाइते भएका सप्तरी मलेठ गाविस २ का वीरेन्द्र महतोको उपचारका क्रममा धरानमा मृत्यु भएको हो । यसअघि सन्जन मेहता, पिताम्बर मण्डल र आनन्द साहको मृत्यु भएको थियो ।

सप्तरी घटनाको बिरोधमा मधेसी मोर्चाले आह्वान गरेका दुई दिने मधेस बन्दको दोस्रो दिन पनि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मोर्चा कार्यकर्ताले बिहानैदेखि बिरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले एमालेका नेता कार्यकर्तालाई सामाजिक बहिस्कार गर्ने भन्दै जिल्लास्थित एमाले कार्यालयमा आक्रमण गरेका छन् । अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा कडा बनाएको छ ।