शनिबार, बैशाख ०८, २०८१

तोडफोड र आगजनी नरोकिएपछि सप्तरीमा अनिश्चितकालिन कर्फ्यु

काठमाडौं, २४ फागुन । सप्तरीमा मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले सदरमुकाम राजविराज लगायत आसपासमा कर्फ्यु आदेश जारी गरेको छ । केहीबेरअघिबाट स्थितिलार्य सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रहरी कार्यलयका डिएसपी दानबहादुर कार्कीले बताए ।

सोमबार सप्तरीमा प्रहरीको गोली लागेर तीन जनाको ज्यान गएपछि आक्रोशित बनेका मधेसी मोर्चाका कार्यकर्ताले सप्तरी लगायत मधेसका विभिन्न जिल्लामा तोडफोड र आगजनी गर्ने क्रम रोकेका छैनन ।