काठमाडौं,२४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो सप्तरीमा भएको घटना दुःखद भएको बताएका छन् । साथै उनले गोली नचलाउन आफूले आदेश दिएको भएपनि उल्लंघन भएको भन्दै कारबाही गर्ने बताउनु भएका छन् ।
सप्तरीमा भएको झडपमा सुरक्षाकर्मीको गोलीबाट तीन जनाको मृत्यु भएपछि न्यायिक छानविनको माग गर्दै प्रदेश नम्बर २ का कांग्रेस सांसदहरु मंगलबार बालुवाटार पुगेका थिए । भेटमा उनीहरुलेसप्तरी घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
उनीहरुले एमालेको उत्तेजक अभिव्यक्तिविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा रहेका जनतामाथि प्रहरीले गोली चलाएकोमा आफूहरु स्तब्ध भएको प्रतिक्रिया पनि दिएका छन् । कांग्रेस सांसदहरुले एमालेको मधेस विरोधी उत्तेजक अभिव्यक्तिका कारण मधेसका जनता आन्दोलित हुन पुगेको बताउनु भयो ।
जवाफमा प्रधानमन्त्रीले आफूले सोमबार विहान प्रहरी प्रमुखलाई बोलाएर कुनै हालतमा गोली नचलाउन आदेश दिएको बताए । त्यसविपरित घटना भएको भन्दै उनले भने, ‘मेरो आदेश नमान्ने को हो रु म निलम्बन गरेर कारबाही गर्छु । उहाँले मंगलबारकै मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय लिने प्रतिवद्धता जनाउनु भएको छ ।