शुक्रबार, चैत १६, २०८०

भुकम्पबाट क्षतिग्रस्त सोलुखुम्बुको एक विद्यालयको उद्घाटन सम्पन्न

सोलुखुम्बु,,२४ फागुन । गत २ वर्ष पहिले आएको महाभुकम्पले क्षेतिग्रस्त सोलुखुम्बु जिल्ला टाप्टिङ –९ मा दिमिल आधारभुत विद्यालयको उद्घाटन सम्पन्न भएको छ ।

विस २०४५ सालमा निर्माण भएको सो विध्यालय २०७२ सालको महाविनाशकारी भुकम्पका कारण क्षतिग्रत विद्यालयको भवन एक्टिभ फ्रेण्ड एजि स्विजरलेण्डको सहयोगमा पुर्ण निर्माण भएको हो ।

सहयोग रकम संकलन गर्न समाजसेवी तथा पर्यटन व्यवसायी मिङमार शेर्पाको सक्रियतमा भएको स्थानिय गेलुछिरी शेर्पाले बताउनुभयो । उद्घाटन समरोहमा व्यवसायी शेर्पालाई प्रमणपत्र तथा खादद्धारा सम्मानित गरेको छ । साथै विद्यालयको पुन निर्माण गर्न २९,५०० अमेरीकी डलर लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङ बावु शेर्पाले जानकारी दिनुभयो ।

विगत एक वर्ष देखी क्षतिग्रस्त विद्यालयमा जोखिमपुर्ण रुपमा अध्ययन अध्ययपन कार्य गर्दै आइरहेको थियो । नयाँ भवन निर्माण भएपछि विद्यार्थीहरु तथा स्थानीयहरु पनि खुसी भएको कुरा शिक्षिका ङिमी शेर्पाले बताउनु भयो ।