बिहिबार, जेठ १७, २०८१

सप्तरी लगाएत तराईको विभिन्न जिल्लामा बिहानैदेखि प्रदर्शन

राजविराज,२४ फागुन । सोमबार प्रहरीको गोली लागेर चार जना प्रदर्शनकारीको मृत्यु भएको विरोधमा सप्तरी, धनुषालगायतका विभिन्न जिल्लाहरुमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।

सप्तरी घटनाप्रति आपत्ति जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको मधेस बन्दका कारण तराई/मधेस क्षेत्रका नागरिकको दैनिकी प्रभावित भएको छ ।

एमालेले सञ्चालन गरेको मेची-महाकाली अभियानका क्रममा सोमबार सप्तरीमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको कारण मंगलबार र बुधबारका लागि आहृवान गरेको बन्दका कारण मधेसका अधिकांश जिल्लामा सवारीसाधान चलेका छैनन् । बजार पसल समेत बन्द छ ।
मोर्चाका कार्यकर्ताहरुले विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । स्थितिलई भड्कन नदिन ठूला संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।