सोमबार, भदौ ३१, २०८१

एमाले सभा बिथोल्न आएका मेहताको प्रहरीसंगको भिड़न्तमा मृत्यु

राजविराज,२३ फागुन । एमालेको अभियान बिथोल्न नसके पनि अन्ततः हिंसा भड्काएर प्रहरीसँग भिडन्त गराउने मधेसी मोर्चाको योजना केही हदसम्म सफल भएको छ । यसै पनि हजारौंको संख्यामा कायृक्रममा सहभागि एमालेको जुलुशलाई बिथोल्न वा भाँड्न सम्भव थिएन । किनभने मोर्चाले गाउँ गाउँबाट उर्दी जारी गर्दै कार्यकर्ता तैनाथ गरे पनि राजविराजमा मोर्चाको समर्थनमा जुलुशमा उत्रने जम्मा संख्या एक हजारको आसपास थियो ।

भिडन्त नहोस् भन्ने चाहनाकै कारण एमालेले आफ्नो पूर्वनिर्धारित कार्यक्रमलाई राज रंगशालाबाट ३ किलोमिटर उत्तरतर्फ औद्योगिक क्षेत्र भित्र सार्यो । अन्य दलका कार्यक्रम विथोल्ने प्रयास गर्नु गलत हो भन्दै विभिन्न मानवअधिकार संगठन र प्रधानमन्त्री पुष्पकमल दाहाल समेतले मधेसी मोर्चालाई सचेत गराए ।

सडकमा आफ्ना समर्थकलाई उफारिराख्ने तर, काठमाडौंमा गैरजिम्मेवार हुने नीति मोर्चाले अख्तियार गर्यो । एमालेको कार्यक्रम बिथोल्ने आफ्नो नीति नभएको तर सप्तरीको अवस्था आफ्नो नियन्त्रण भन्दा बाहिर रहेको मोर्चाका नेताहरु वताउन थाले । मोर्चाको गलत कार्यशैली आम नागरिकलाई जानकारी भएकै विषय हो । संविधान जारी हुनासाथ गतवर्ष कैलाली पुगेर हिंसा भड्काउन अपिल गर्ने उपेन्द्र यादव, अमरेश सिंह लगायतका कारण टीकापुर हत्याकाण्ड भएको ताजै छ । बच्ने ठाउँ कतै नभएपछि यसपटक पनि मोर्चा गैरजिम्मेवार र लाचार भएकै हो ।

मोर्चाले जत्रोसुकै समर्थनको दावी गरे पनि राजविराजमा एमालेको कार्यक्रम बिथोल्न प्रहरीसँग कुस्ती खेल्न आउनेहरु बढिमा करिव २ सयको संख्यामा थिए । उसले गाउँबाट भेला गरेका कार्यकर्ता समेत घर फर्कन लागेको देखेपछि सानो समुहलाई उत्तेजित बनाउँदै प्रहरीमाथि आक्रमण गर्न उक्साएको हो । उसको उद्धेश्य प्रहरीसँग भिडन्त होस् र केही दुःखद घटना भए त्यसमाथि आफ्नो राजनीतिक रोटी सेक्न पाइन्छ भन्ने प्रष्ट थियो ।

राजविराजमा एमालेको कार्यक्रम भन्दा ३ सय मिटर पर सडकमा एमाले कार्यकर्ताको मोटरसाइकल जलाउन र प्रहरीमाथि आक्रमण गर्न १०–२० जनाको सानो समुह उत्तेजित रुपमा प्रस्तुत भएपछि प्रहरीले गोली चलाउँदा सञ्जन मेहताको मृत्यु भएको छ । यसको जिम्मेवारी मोर्चाले लिनु पर्छ, उ गैरजिम्मेवार भएर भाग्न पाउँदैन । उसको ब्यानरमा भएको हिंसाको जवाफदेही मोर्चा नै हुनु पर्छ । राजनीतिक कार्यक्रममा ब्यक्तिको मृत्यु हुने अवस्था आउनु दुःखद हो । तर कुनै पनि दलका पूर्व निर्धारित कार्यक्रम बिथोल्ने उद्धेश्य राख्नु र त्यसवापत हिंसा भड्काएर राजनीति गर्न खोज्नु मोर्चाको परम्परा नै हो ।