बिहिबार, बैशाख ०६, २०८१

फेसन डिजाईनर नृतिका शाक्यद्वारा अभिनित म्यूजिक भिडियो ‘पर्खी बस्नु है’ सार्वजनिक

ललितपुर । गायक सन्तोष डुमि र गायिका रचना रिमालको आवाजमा रहेको आधुनिक गित पर्खि बस्नु है गीतको भिडियो सार्वजनिक भएको छ ।
गायक सन्तोष डुमिको अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गरेको पर्खि बस्नु है गितको रचनाकार भने रमेश मगरले गरेका हुन ।
सामाजिक संजालमा उक्त गीतको कभर पोष्टर सार्वजनिक गर्दै पर्खि बस्नु है गीतबाट म्युजिक भिडियो अभिनयमा होमिएकी फेसन डिजाईनर तथा मिस टिन नेपाल २०१६ का मिस पब्लिक च्वाईस अवार्ड समेत जितेकि नव कलाकार नृतिका शाक्यले गीतको भिडियो चाडैँ नै बजारमा आउने दर्शक स्रोताहरुलाई जानकारी गराएकी थिई ।

उक्त गीतमा कलाकार दय सुरेश राई र फेसन डिजाईनर तथा कलाकार नृतिका शाक्यको अभिनय रहेको छ । मोडल तथा फेसनडिजाईनर समेत रहेकी न्रितिका शाक्यको भने पर्खि बस्नु है मलाई गोधुलि साँझमा गीत नै पहिलो म्युजिक भिडियो रहेको छ । उक्त गितको भिडियो डाईरेक्सन भने किसान भुसालले गरेका हुन भने क्यामराम्यानको भुमिकामा दिनेश पराजुलि र सहायक क्यामरा म्यानको भुमिकामा रमेश पराजुलिले सहयोग गरेका थिए ।
गितको लागि मोडल तथा कलाकारको लागि ड्रेस डिजाईन भने फेसन डिजाईनर तथा नव कलाकार नृतिका शाक्य स्वयमले गरेकी जनाएको छ ।

गीतमा मलाई गोधुँलि साँझमा गीतमा सामाजिक परिबेश, माया पिरेम, परदेशीको कथा, चेलिबेटी बेचबिखन र त्यसको यथार्थलाई उतार्ने प्रयास गरिएको छ । नव कलाकार तथा फेसन डिजाईनर न्रितिका शाक्यले संचारकर्मीसँग कुरा गर्दै नेपाली समाजमा रहेको गरिबी र परिवार पाल्न परदेशीएका नेपाली युवाहरुको माया, समाजमा एक्लो महिलालाई समाज तथा आपराधिक ब्यक्तिले आफ्नो स्वार्थ पुर्तिको लागि अपहरण र महिला बेचबिखन गर्न प्रयोग गरीने जस्ता सामाजिक परिबेशलाई गितको भिडियोमा उतार्न खोजिएको बताउनु भयो ।

सामाजिक परिबेशमा आधारित माया प्रेमको गीत भएकोले पनि नेपाली समाज तथा दर्शक स्रोताले मन पराउनेमा आफु र पर्खि बस्नु है गीतको टिम बिस्वस्त रहेको पनि बताउनु भयो ।
पूरा भिडियो