काठमाडौं । दसैँलाई बिदा गर्दा नगर्दै नेपालीहरुको घरआँगनमा तिहारको रमझम सुरु भइसकेको छ ।
दसैँ उम्काएर आराम गर्न नपाउँदै लगत्तै तिहार आएको छ। तिहार भन्ने बित्तिक्कै सबैलाई देउसीको सम्झनाले सताउँछ । तिहारको पहिचान देउसी हो । देउसी नखेली तिहार जाँदैन भन्ने मान्यता पनि छ ।
रमाइलै रमाइलोको चाड हो तिहार । एकातिर दसैँमा हालेको पिङ तिहारसम्म खोलिदैन भने अर्कोतिर ‘देउसी रे’को रमाइलोले सीमा काटेको हुन्छ ।
यतिमात्र कहाँ हो र तिहारमा घरघरमा हुने झिलिमिलीको जति बयान गरे पनि पुग्दैन ।
तिहारका गीतहरु रेडियो, टेलिभिजनहरुमा घन्कन थालिसकेको छ । झिलिमिलीको चाड, देउसीको चाड, मिठाईको चाड, फूलको चाड, पिङको पनि चाड अनि कुकुरदेखि गाईसम्मको चाड हो तिहार । यो सबैको चाड तिहारमा खेलिने ‘देउसी रे’को अझ विशेष महत्व छ ।
यस्तैमा, कलाकार ईन्द्र दोङ लामा खम्बेको देउसी भैलो तिहार गित ”देउसी रे” सार्वजनिक भएको छ । हाँस्य टेलिसिरियल ‘हर्के हल्दार’ का निर्देशक समेत रहनुभएका लामाको निर्देशन रहेको भिडियोलाई प्रबेश पोख्रेरलले छायाङ्कन गरेका छन् भने मित्र गुरुङ्गले सम्पादन गरेका छन ।
पछिल्लो समयका युवा पुस्ता तथा लोक संस्कृतिलाई मध्यनजर गर्दै गीतमा बिक्रम राई, सुदिप राई ,सम्पूर्णमान ताम्राकार, सोनाम मगर ,सानु तामाङ्गको स्वर रहेको छ भने बिक्रम राईको लय तथा सम्पूर्णमान ताम्राकारको संगित रहेको छ ।
गीतमा रितु तामाङ्ग, सरु ढकाल, बिक्रम राई, सुदिप राई, रिया लामा, भरत कुमा , लोकेन कुवँरको अभिनय रहेको छ ।

