युईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाको संघर्षपुर्ण जित

क्याटलान क्लब बार्सिलोनाले युईएफए च्याम्पियन्स लिगमा संघर्षपुर्ण जित निकालेको छ । गएराति भएको खेलमा ड्यानामो किभलाई १-० गोलले हराउँदै बार्सिलोनाले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जेराड पिकेले एक गोल गरे । पहिलो हाफको ३६ औं मिनेटमा जोर्डी अल्बाको पासमा पिकेले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना १-० गोलले विजयी भयो ।

जितसँगै बार्सिलोना ३ खेलबाट ३ अङ्क जोड्दै समूह ‘ई’को तेस्रो स्थानमा उक्लिएको छ । पराजित बेन्फिका ३ खेलबाट १ अङ्कको साथ पुछारमा छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: