सोमबार, चैत ०३, २०८१

बौद्धबाट तीन अपहरण गरेर फिरौती माग्ने समूहका नाइके पक्राउ

काठमाडौं,२१ फागुन ।  बौद्धबाट तीन जनाको अपहरण गरेर फिरौती माग्ने समूहका नाइके पक्राउ परेका छन् ।

अपहरणमा परेकाहरुलाई छुटाउने क्रममा प्रहरी र अपहरणकारीबीच स्वयम्भूको भगवानपाउ क्षेत्रमा गोली हानाहान भएको थियो । प्रहरीले अपहरणमा संलग्न दुर्गा तामाङलाई गोली हानेर पक्राउ गरेको छ भने अपहरणमा परेका तीन जनाको शकुसल उद्धार गरेको छ ।

दुर्गाको खुट्टामा गोली लागेको छ । र, उनको वीर अस्पतालमा उपचार भइरहेको छ । दुर्गालाई प्रयोग गरेर प्रहरीले थप तीन जना पक्राउ परेको छ । दुर्गाले आफू सकुसल रहेको भन्दै फोन गरेपछि सचिन खवास र वीरबहादुर तामाङलाई गल्फुपाखामा बोलाए ।

उनीहरु त्यहाँ आइपुग्नासाथ पक्राउ परे । उनीहरुको फोनका आधारमा प्रहरीले अपहरणका योजनाकार माइला लामालाई पनि पक्राउ परेको छ ।

प्रहरीले पक्राउ गरेपछि सचिन र वीरबहादुरले फोन गर्दा माइलाले आफू बालाजुमा रहेको बताएका थिए । लगतै उनलाई बालाजु प्रहरी बृत्त नजिकैबाट पक्राउ गरिएको छ ।

लामा बालाजु क्षेत्रका पुराना गुण्डा भएको प्रहरीले बताएको छ । प्रहरी इन्काउन्टरमा गुण्डा नाइके कुमार श्रेष्ठ घैंटे मारिएपछि नुवाकोटमा लामाको समूह निश्चिय जस्तै भएको थियो ।

तर, काठमाडौंमा प्रहरी प्रमुख हेरफेरसँग लामा फेरि गुण्डागर्दीमा सक्रिय भएको सूचना प्रहरीले पाएको थियो ।