आइतबार, भदौ ३०, २०८१

परराष्ट्रमन्त्री महतले राजदूत सिफारिसमा कमजोरी भएको स्वीकार

काठमाडौं,२१ फागुन । परराष्ट्रमन्त्री प्रकाशशरण महतले राजदूत सिफारिसमा कमजोरी भएको स्वीकार गरेका छन् । तर, विवाद भएपछि आफूले १२ जनाको मात्र सूची बनाएर जेनेभा गएको उनले बताए ।

अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्को बैठकमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री महतले भने, हाम्रो नियतमा कुनै खोट थिएन । तर, केही सूचनाहरु पछि आयो र त्यसका आधारमा करेक्सन गर्नुपर्छ भन्ने महसुस गर्‍यो र १४ को ठाउँमा १२ को नाम मन्त्रिपरिषद्मा पठाएको हो ।’

मन्त्री महतले विवादमा परेका यूएईका लागि राजदूत सिफारिस आशा लामा र ओमानका लागि सिफारिस शर्मिला पराजुलीको नाम काटेका थिए । तर, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको दबावमा प्रधानमन्त्री प्रचण्डले शर्मिलाको नाम फेरि थपेका छन् ।

यसबारे सोधिएको प्रश्नमा मन्त्री महतले आफू जेनेभा भएको समयमा मन्त्रिपरिषदबाट भएको निर्णयबारे अहिले नै कुनै प्रतिक्रिया नदिने बताए ।