शुक्रबार, बैशाख १४, २०८१

नेपालीलाई जापान प्रवेश गर्न सहज हुँदै, १४ दिन होम क्वारेनटाइनमा बस्नु पर्ने

जापान : नेपालबाट आउनु हुने यात्रुहरुले हाल सरकारको होल्डिंङ सेन्टरमा ३ दिन बस्नुपर्ने व्यबस्थालाइ यहि सेप्टेम्बर ३० तारिखबाट हटाउने भएको छ ।
उक्त मिति पछि जापान छिर्ने महानुभावले एयरपोर्टको टेस्ट नेगेटिभ आएमा सोहिदिन निजी सवारीमा घर जान सक्नेछन् । यद्दपी १४ दिनको क्वारेनटाइन भने पालन गर्नु पर्नेछ।
जापान छिरेको दिनलाइ गनिने छैन ।
तसर्थ भोलिपल्टलाइ डे वान गनेर अनिवार्य १४ दिन होम क्वारेनटाइनमा बस्नु पर्ने जिज्ञान कुमार थापाले जानकारी दिनु भएको छ ।