सोमबार, भदौ ३१, २०८१

संविधान संशोधन भन्दा स्थानीय तहको निर्वाचन अनिर्वाय : पौडेल

बिराटनगर,२१ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा संविधान संशोधन भन्दा पनि स्थानीय तहको निर्वाचन अनिर्वाय रहेको बताएका छन् ।
स्थानीय तहको निर्वाचनको महत्व मधेसवादी दलहरुले बुझ्न नसक्ने हो भने उनीहरुले राजनीति गर्नुको कुनै तुक नरहने बताएका छन् ।
बिराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले लोकतान्त्रिक गणतन्त्रका मेरुदण्ड संघीयता, समावेशिता, गणतन्त्र र लोकतन्त्रलाई बचाइ राख्नका लागि पनि वैशाख ३१ गते निर्वाचन अनिर्वाय रहेको बताए । मधेसी मोर्चाले लोकतान्त्रिक प्रतिस्पर्धामा आएर जनताको मतमार्फत आफ्ना मागलाई दरिलो बनाउने अवसरका रुपमा स्थानीय तहको निर्वाचनलाई लिनुपर्ने नेता पौडेलको भनाइ छ । मधेसवादी दलले स्थानीय चुनावको महत्व बुझ्नुपर्ने पौडेलले बताए ।
‘तोकिएकै समयमा स्थानीय तहको निर्वाचन अनिर्वाय छ,’ कांग्रेस नेता पौडेलले भने, ‘हामीले निर्वाचन समयमै गर्न सकेनौं भने जनआन्दोलनवाट प्राप्त उपलव्धी गुम्ने खतरा छ, यसको रक्षाका लागि मधेसवादी दल जिम्मेवार हुन आवश्यक छ ।
नेता पौडेलले मधेस केन्द्रित दलहरुले पनि लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि चुनावमा भाग लिन अनिवार्य रहेको बताए ।