शुक्रबार, बैशाख ०५, २०८२

आफ्नो कार्यकर्तामाथि आक्रमन भएपछि ओली मोर्चाप्रति कडा

झापा,२० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार सप्तरीको राजविराजमा हुने आसमभाको पुर्व सन्ध्यामा एमाले कार्यकर्तालाई कालो मोसो दल्नुका साथै एमाले सांसद रञ्जु ठाकुरको गाडीमा ढुंगागुढा भएपछि ओली मोर्चाप्रति आक्रमक कडा रुपमा उत्रिएका छन् ।

शुक्रबार झापामा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले बैशाख ३१ गते स्थानीय तहको चुनाव घोषणा भइसकेको छ उल्लेख गरे । झापाको ज्यामिरगढीमा सहिद वीरेन स्मृति प्रतिष्ठानको नवनिर्मित सामुदायिक भवनको उद्घाटन गर्दै ओलीले बताए, “स्थानीय तहपछि प्रदेश र सङ्घीय तहको पनि चुनाव हुनुपर्छ ।”

अध्यक्ष ओलीले तीनै तहको चुनाव तालिका सार्वजनिक गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिइरहनुपरेको अवस्था रहेको बताउँदै १९ वर्षपछि हुन लागेको चुनाव अब कसैले रोक्न नसक्ने बताए । झापा विद्रोहलगायतका थुप्रै सङ्घर्षहरुको उपलब्धिलाई लोकतान्त्रिक संविधानको कार्यान्वयनमार्फत संस्थागत गर्दै मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने अहिलेको अवश्यकता रहेको बताउँदै यसको नेतृत्व एमालेले गर्ने उनले बताए ।

विसं २०२९ मा सुखानीमा सहिद हुनुभएका वीरेन राजवंशीको स्मृतिमा ज्यामिरगढी–३ मा अर्धकदको सालिकसहित ४९ लाखको लागतमा उक्त दुईतले सामुदायिक भवन निर्माण गरिएको छ ।