शुक्रबार, बैशाख ०७, २०८१

एमसीसी कार्यान्वयनमा लैजान अर्थमन्त्रीलाई सुमारको आग्रह

काठमाडौं । एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेकी छन् । उपाध्यक्ष सुमारको नेतृत्वको टोलीले शनिबार अर्थमन्त्री शर्मासँग अर्थ मन्त्रालयमा भेट गरेको हो ।

भेटका क्रममा अर्थमन्त्री शर्माले नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताए।

भेटमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी थिइन् । यसअघि सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, ऊर्जा मन्त्री पम्फा भुसाललगायतलाई भेटिसकेकी छन् ।