शुक्रबार, बैशाख १४, २०८१

मन्थली क्याम्पसमा एमाले अखिलका मगर भारी मतले बिजयी

मंथली, १९ फागुण । रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीको स्ववियु सभापतीमा अनेरास्ववियुका कपिल मगर बिजयी भएका छन् । बुधबार भएको निर्वाचनामा कपिल मगर नेपाल बिद्यार्थी संघका सुन्दर घिमिरेलाई २० मतले र अखिल क्रान्तिकारीका जयदीप मगरलाई १ सय ७१ मतले पछि पार्दै सभापतिमा बिजयि भएका हुन् । ४ सय ४२ जना बिद्यार्थीले मतदान गरेकोमा सभापतिमा बिजयी कपिल मगरले १ सय ९२ र पराजित घिमिरले १ सय ७२ र जयदिप मगरले जम्मा ७१ मत ल्याएका छन् । त्यस्तै अनेरास्ववियुका पुष्कर भट्राई १९ र अखिल क्रान्तिकारीका प्रदीप श्रेष्ठलाई ८७ मतले पछि पादै नेपाल विद्यार्थी संघका तर्फबाट बिमल पौडेल सचिवमा बिजयी भएका छन् । सचिवमा विजयी पौडेलले १ सय ७८ भट्राईले १ सय ५९ र श्रेष्ठले जम्मा ९१ मत ल्याएका छन् । कोषध्यक्षमा बिद्यार्थी संघका युवराज सुवेदीलाई १२ र अखिल क्रान्तिकारीका युवराज सुनुवारलाई ९७ मतले हराउदै अनेरास्ववियुका अनिशा कार्की बिजयी भएकी छिन् । कोषध्यक्षमा बिजयी कार्कीले १ सय ७७ र पराजित द्धोय युवराज सुवेदीले १ सय ६५ र युवराज सुनुवारले जम्मा ८० मत ल्याएका थिए । त्यस्तै कार्यसमिति सदस्यहरुमा अनेरास्ववियुका तर्फवाट ४ जना बिजयी भएका छन् । जसमा राजकुमार मानन्धरले १ सय ७१ ,दोर्जे तामाङले १ सय ७५ ,सरिता माझीले १ सय ६६ र निरु कंडेलले १ सय ७० मत ल्याएका छन् । नेपाल विद्यार्थीं संघका तर्फवाट सदस्यमा २ जना बिजयी भएका छन् । जसमा यम बहादुर भुजेलले १ सय ६६ र दिपा महतले १ सय ७४ मत ल्याएका छन् ।

संगठनले भाग लिएको स्ववियु चुनावमा नेकपा माओबादी निकट अखिल क्रान्तिकारी भने निल गएको छ । उसले प्रत्यक्ष तर्फ कुनैपनि पदमा जित हासिल गर्न नसकेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले सभापति सहित ६ सिट , कांग्रेस निकट नेपाल विद्यार्थी संघले सचिव सहित ३ सिट ल्याएका छन् । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा अध्ययनरत ४ सय ४२ जना विद्यार्थीहरुले स्ववियु निर्वाचनमा मतदान गरेका थिए । बुधबार राति ९ बजे पछि बिजयी घोषणा भएछि अनेरास्ववियुले रातिनै मन्थली बजारमा बिजय ¥याली निकालेका थिए । ¥यालीमा विदार्थी सहित नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु गरि हजारौँको सङख्यामा सहभागिता रहेको थियो । अनेरास्ववियुले मंथली बजार परिक्रमा गरी बिजयी उत्सव मनाएको छ  ।