बिहिबार, बैशाख १३, २०८१

ज़िल्लाको विपन्न वालबालिकालाई झापाली समाज जापानले नी-शुल्क शिक्षामा सहयोग गर्ने

जापान । केहि महिनाअघि मात्र गठन भएको झापाली समाज जापानले झापा जिल्लाका अति सिमान्तकृत वर्गका केही बालबालिकालाई नर्सरी देखि उच्च शिक्षा सम्मको अध्ययन निशुल्क गराइदिने भएको छ ।
टोकियोमा सोमवार हिगासी कुरुमेस्थित किचन सपना रेष्टुरेण्टमा सम्पन्न कार्यसमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
अध्यक्ष तुल्सी पाठकका अनुसार झापाका अति विपन्न सिमान्तकृत समुदायको पहिचान पश्चात् पढाई खर्चको व्यवस्था गरिने छ ।
यसका लागि समाजका महासचिव चुडामणी काफ्लेको संयोजकत्वमा स्थलगत प्रतिवेदन तयार पार्न समिति गठन गरिएको पाठकले जानकारी दिए ।
कार्यदलको सदस्यान सचिव ऋषिराम भट्टराई, कोषध्यक्ष रमेश सुवेदी रहेका छन् । कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा छात्रवृत्ति प्रदान गरिने छ ।