कोरोना संक्रमणको अवस्था हेरेर असोज १ बाट विद्यालय खोल्न सकिने निर्णय

काठमाडौं । असोज १ बाट काठमाडौंमा विद्यालय खोल्न सकिने निर्णय गरिएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्न सकिने निर्णय गरिएको हो ।

‘स्वास्थ्य मापदण्ड पालना गर्ने, सबै कर्मचारीले खोप लगाएको हुनुपर्ने, शैक्षिक विवरणहरू राखेर सञ्चालन गर्न सकिने निर्णय भएको छ,’ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले भनिन्, ‘त्यसका लागि नगर शिक्षा समितिले आवश्यक निर्णय गर्नेछ ।

कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न दिने वा नदिने भन्ने निर्णय नगर शिक्षा समितिले लिने प्रशासनले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: