बिहिबार, फागुन ०१, २०८१

पत्रकारीतालाई विट मारेर रविन्द्र मिश्र राजनीतिमा लाग्ने

काठमाडौं,१७ फागुन । पत्रकारको नामले कहलिएका पत्रकार एवं समाजसेवी रविन्द्र मिश्रले पत्रकारीतालाई विट मारेर राजनीतिमा लाग्ने घोषणा गरेका छन् ।
बीबीसी नेपाली सेवाको जागिर छाडेर चर्चित पत्रकार मिश्रले राजनीतिमा लाग्ने मंगलवार सामाजिक संजाल र प्रेस नोट आउट गरि घोषणा गरेका छन् । पूर्णकालीन राजनीतिमा आउने तयारीका साथ बीबीसी नेपाली सेवाको प्रमुख पदबाट राजीनामा दिएको मिश्रले बताएका छन् ।
अस्तित्वमा आउने तर कहिल्यै देशको समृद्धिमुखी नेतृत्व गर्न नसक्ने’ अर्को एउटा राजनीतिक पार्टी होइन, देशलाई आमूल परिर्वतनकारी दिशामा डोर्‍याउन सक्ने नेतृत्व निर्माण हुनसक्छ भन्ने हाम्रो ठम्याई छ,’ मिश्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

स्तम्भकार समेत रहेका मिश्रले विज्ञप्तिमा कतिपय शुभेच्छुकले आफूलाई विद्यमान कुनै पार्टीमार्फत राजनीति गर्न उपयुक्त हुने सल्लाह दिएको पनि उल्लेख गरेका छन् । तर, विद्यमान पार्टीहरुमार्फत अगाडि बढ्ने हो भने आफू बदलिने तर समग्र देश नबन्ने निष्कर्षमा पुगेका कारण मैले यो अलग र चुनौतिपूर्ण बाटो चयन गरेको हुँ,’ उनले भनेका छन् ।

परोपकारी अभियन्ता समेत रहेका मिश्रले कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसाथ गर्ने नयाँ पार्टी बनाउने बताएका छन् ।