ईपीएलको विजेताले ५० लाख रुपैयाँ पाउने

काठमाडौं । चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग(ईपीएल)को विजेताले ५० लाख रुपैयाँ पाउने भएको छ । आयोजकले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगिताको विजेताले पाउने रकम सार्वजनिक गरेको हो ।

यस्तै प्रतियोगिताको उपविजेता हुने टोलीले १५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । यस संस्करणको ईपीएल असोज ९ देखि २३ गतेसम्म त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । देशका ६ सहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा विभिन्न विदेशी स्टार खेलाडीकोपनि सहभागिता रहनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: