ओमानमा हुने त्रिकोणात्मक सिरिजका लागि १७ सदस्यीय टोली घोषणा

काठमाडौं । आगामी सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । जसमा गुल्शन झा पहिलो पटक टिममा पर्दा रोहित पोडेलले पुनरागमन गरेका छन् । बन्द प्रशिक्षणमा रहेका १९ मध्ये कमल सिंह ऐरी र शहाब आलम भने अन्तिम टोलीमा अटाएनन् । क्यानका अनुसार नेपाली टिम आगामी मंगलबार ओमान प्रस्थान गर्नेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: