शुक्रबार, फागुन ०२, २०८१

वैशाखमा स्थानीय तहको चुनाव हुनेमा आशंका : नेपाल

पर्वत ,१५ फागुन । पूर्व प्रधानमन्त्री तथा नेकपा )एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ता साझेदार दलहरुको अहिलेको गतिविधीले वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशङ्का उब्जाएके बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस निर्वाचनप्रति गम्भीर नभएको आरोप समेत लगाउनु भएको छ ।
पर्वत सदरमुकाम कुश्माबजारमा शनिवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा यस्तो कुरा बताउने भएको हो ।

‘सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर छैनन्, त्यही कारण चुनाव भइहाल्छ भनेर ढुक्क हुन सकिने वातावरण छैन । विभिन्न कारणले वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशङ्का रहेको पनि बताउनु भयो ।

मधेसी दलको विरोधका कारण पनि निर्वाचनमा असर पर्ने भनाई थियो । ‘सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा म विश्वस्त हुन सकेको छैन, नेता नेपालले भन्ने एमाले संविधान संशोधन प्रस्तावका पक्षमा नरहेको पनि स्पष्ट पार्नु भयो ।