मङ्गलबार, बैशाख ०४, २०८१

आगोलागीले बस्ने घर नष्ट भएपछि परिवारको विचल्ली

सिन्धुपाल्चोक,१३ फागुन । आफुँ बस्दैको आए घर अचानक आगोलागी भएपछि हिराकाजी पहरीको परिवारको विचल्ली भएको छ ।
फागुन १० गते सिन्धुपाल्चोक धुस्कुन गाबिस वडा नं ३ दाबीका दल बहादुर पहरीको छोरा हिराकाजी पहरीको दिनको करिब १ बजे तिर अचानक घर आगोलागी भएपछि परिवारसहित उनी गाउलेको शरणमा रहेका छन् ।
आगोलागिमा सबै खाद्यान्न, ओढ्ने ओछ्यान सबै जलेर खरानी भएको र निज हिराकाजी पहरीको श्रीमती ,एक छोरा दुई छोरी छन् ।
अग्नीपिडित पहरी परिवारलाई अहिले स्थानीयहरुले सहयोग गरि राखेका छन् साथै स्थानीय नेपाल पहरी बिकास संघका सुन्दर पहरी आदित्य ,गरिबी निवारण महिला समूहका अध्यक्ष शर्मिला श्रेष्ठ ,श्री लाली गुराँस आधारभूत बिद्यालय आमा समूहका बिद्यालय अध्यक्ष अर्जुन पहरी,धुस्कुन दाबी युवा कृषक समूहका अध्यक्ष सुन्दर पहरी,मोहनमान श्रेष्ठको संयुक्त पहलमा पीडित परिवारलाई खाद्यान्न सामान दाल,चामल,आलु,इत्यादि विभिन्न खाद्यान्न सामाङ्ग्री सहित रकम लगभग तीस हजार सहयोग गरिएको सुन्दर पहरीले जानकारी दिनुभयो ।

साथै राज्यबाट हुनुपर्ने सहयोगको लागि पनि आसामा बसेका ती पीडित परिवारलाई अझै र राज्यको सहयोग मिलोस् पीडित परिवारलाई सरकारवालाको ध्यानाकर्षण होस् सोही परिवारका सदस्य हिराकाजी पहरी अलि काम गर्न नसक्ने र आर्थिक कमजारी रहेकाले बालबच्चा पढाउनसमेत कठिनाई रहेको छ । sindu