किरण गजमेरलाई ‘द भ्वाइस अफ नेपाल ३’काे उपाधि, २५ लाख रुपैयाँ प्राप्त

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्। उनले नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।

यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाईसकाे ट्रफी पाएका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।

किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिए । किरणले भने–‘म यो मायाको लागि सधै नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’
टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: