कक्षा १२ को परीक्षा स्थगित गर्ने परीक्षा बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेदेखि हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ ।

पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । यसअघि एक महिना अघि परीक्षा तालिका सार्वजनिक गरिन्थ्यो । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्नका लागि शुक्रबार बोर्डलाई सिफारिस गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: