सोमबार, भदौ २४, २०८१

स्थानीय चुनाव स्थगित गर्ने बाबुराम र उपेन्द्रको संयुक्त माग

काठमाडौं,१२ फागुन । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै वैशाख ३१ को स्थानीय चुनाव स्थगित गर्न माग गरेका छन् ।

सरकारले आफैंले संसदमा दर्ता गरको संविधान संशोधन विधेयक पास नगरी स्थानीय चुनाव घोषणा गरेको भन्दै उनीहरुले यसले देशलाई अस्थिरता र अनिश्चिततारतिर धकेलेको दाबी गरेका छन् । स्थानीय तहको संरचना नै नबनेको र कानुन समेत नभएको भन्दै चुनावका लागि ६ बुँदे माग राखेका छन् ।

नयाँ शक्ति र फोरमले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिर्माजनसहित पास गर्नु पर्ने माग गरेका छन् ।