कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु, २०१२ जना संक्रमणमुक्त

नेपालमा थप ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । मन्त्रालयका अनुसार बिहिाबार कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार १२ रहेको छ भने ३७ जनाको मृत्यु भएको छ ।

हालसम्म ९ हजार ९९४ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् । जसमध्ये ३१ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१३ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: