अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पारस खड्काको घोषणा

काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका पारसले मंगलबारदेखि त्यसलाई पूर्णविराम लगाएका हुन् ।

उनले एउटा क्रिकेटरका रुपमा मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेको पनि बताएका छन्।

उनले भनेका छन्, ‘मेरो जीवनमा मैले देखेको सपना भनेको नै क्रिकेटको उन्नति हो। तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्याउने छौँ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: