शुक्रबार, बैशाख १४, २०८१

टोकियो ओलम्पिकमा सरस्वती छनौट चरणबाटै बाहिरिइन,नेपालको ओलम्पिक यात्रा सकियो

काठमाडौं । टोकियो ओलम्पिक २०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ ।

एथलेटिक्सको आज विहान भएको १०० मिटरको महिला दौड प्रतिष्पर्धामा नेपालकी सरस्वती चौधरीले यसअघि साफमा आँफैले बनाएको किर्तिमान समेत कायम राख्न सकिनन् ।

छनौट चरणको ९ जना सम्मिलित प्रतिष्पर्धामा सरस्वती आठौं भएकी थिइन । साफको महिला १०० मिटर दौडमा उनको रेकर्ड १२.५५ सेकेण्ड रहेकोमा आज १२स् ९१ सेकेण्ड सो दुरी पार गरेकी थिइन् ।

छनौट चरणमा उनले तेश्रो स्थानसम्म कायम गर्न सकेको भए प्रतिष्पर्धाको सेकेण्ड हिटमा मौका पाउने थिइन ।

युनिभर्सियालियाटी कोटा अन्तर्गत ओलम्पिकमा सहभागी सरस्वतीको आजको प्रतिष्पर्धा अन्तिम हो । ३२ औं गृष्मकालिन ओलम्पिकमा नेपालका ५ जना खेलाडीले स्विमिङ , जुडो, सुटिङ र एथ्लेटिक्स गरी ४ खेलमा सहभागीता जनाएका छन् ।

स्विमिङ पुरुषतर्फ एलेक्स शाह वाहेक अन्य खेलाडीले खासै प्रगित हासिल गर्न सकेनन् । स्विमिङमा एलेक्सले विगतको आफ्नै किर्तिमान तोडेका थिए ।

तीन खेलाडीले युनिभर्सियालियाटी कोटा अन्तरगत र दुइ खेलाडीले वाइल्ड कार्ड मार्फत सहभागीता जनाउने अवसर पाएका हुन् ।