बिहिबार, बैशाख १३, २०८१

कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु,१९९३ जना संक्रमणमुक्त,३,८४० संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ३ हजार ८४० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार पीसीआर विधिबाट १० हजार ८८६ जनाको परीक्षण गर्दा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट ४ हजार ९२२ जनाको परीक्षण गरिएकोमा १२०६ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार काठमाडौं उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै बुधबार १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७७१ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको मन्त्रालयले जनाएको छ ।