कोरोना संक्रमणबाट २५ जनाको मृत्यु, १६८६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३,४२१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६८६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ । क्वारेन्टाइनमा ३५८ जना रहेका छन् भने आइसोलेसनमा २७ हजार ९०८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: