शनिबार, बैशाख ०८, २०८१

कोरोना संक्रमणबाट १८ जनाको मृत्यु, १६७८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप  २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  २,९७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६७९ पुगेको छ ।

क्वारेन्टाइनमा ३३५ जना रहेका छन् भने आइसोलेसनमा २७६६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये ६ सय ८२ जनाको आईसीयू र एक सय ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।