काठमाडौँ,१० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेदेखि चैत ४ गतेसम्म हुन लागेको आफ्नो दलको मेची-महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न सबैलाई आग्रह गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज ‘मेची महाकाली राष्ट्रिय अभियान’, व्यवस्थापन कार्यालयको आज उद्घाटन गर्दै उहाँले पार्टीको पूर्वनिर्धारित कार्यक्रम भएकाले अवरोध नपु¥याउन सम्पूर्ण राजनीतिक दल र सङ्घसंस्थालाई अनुरोध गर्नुभयो ।
अध्यक्ष ओलीको सोमबार स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनु सकारात्मक भएको बताउनुभयो । अभियानअन्तर्गत ठाउँ ठाउँमा पदयात्रा र आमसभा पनि हुनेछ ।