शनिबार, बैशाख ०८, २०८१

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि संचालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको छ । परीक्षा बोर्डको मंगलबार बसेको बैठकले विद्यार्थीलाई साउन ३१ गतदेखि परीक्षा गर्ने निर्णय गरेको बोर्डका उपनियन्त्रक सुवास पन्तले जानकारी दिएका छन् ।

विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै दिन पाउनेछन् । गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणका कारण स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फारम भरेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।