शनिबार, बैशाख ०८, २०८१

पूर्वअर्थमन्त्री नेता अनन्त अस्पताल भर्ना

काठमाडौं,१० फागुन ।  सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ अस्पताल भर्ना भएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका पुनको धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । ज्वरो आएपछि उनी अस्पताल भर्ना भएका हुन्।

उनी अहिले नर्सिङ केयर र मोनिटरमा छन् ।

यसअघि जण्डिस बिग्रिएपछि अनन्तलाई भारतको नयाँदिल्ली र थाइल्याण्डको बैंककमा लगेर उपचार गरिएको थियो । उनी बैंककमा उपचार गरेर गत वर्ष माघमा स्वदेश फर्किएका थिए ।