बिहिबार, मङि्सर २०, २०८१

बैंकहरुले कर्जा प्रवाह नगर्दा घरजग्गा व्यवसाय संकटमा

काठमाडौं,८ फागुन ।  बजारमा तरलता अभावसँगै नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन दिएपछि घरजग्गा व्यवसाय संकटमा परेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सेयर, घरजग्गा र अटो लोनमा कटौती गर्न बैकरलाई निर्देशन दिएका थिए । त्यस लगत्तै नेपाल बैंकर्स संघले अनुत्पादक क्षेत्रका रुपमा चित्रित गरिएको घर जग्गा कर्जा, मार्जिन लेण्डिङ र अटो लोनमा व्यापक कटौती गर्ने निर्णय गरेको थियो । घरजग्गाको कारोबार ठप्प छ । घरजग्गाको महिनैपिच्छे कारोबार घट्दै अब जग्गाको भाउ कौडिको मुल्य हुन सक्ने ब्यबासायीहरु बताउछन । राता रात कमाउला भन्नेहरु चुर्लुम्मै डुब्ने अवस्था आएको छ ।

भक्त्तपुर जग्गा फिल्डमा भेटिएका राजन के सि एक महिना देखी जग्गाको खोजिमा भौतारी     रहेका रहेछन उनी दिनहु जसो दलालिको संपर्कमा पुग्दा रहेछन । उनी अब जग्गा किन्ने पक्कामा पुगेका छन । भन्छन ( २०  फुटे बाटोमा ७ दिन अघी  ९ लाख आना भन्दै थिए , आज ७ दिन पछी ६ लाख आनामा लिउ मन्दी आयो भन्दै छन, अब १० दिन मात्र कुर्नु पर्छ , ६ बाट ४  मा आउछन त्यसपछी मात्र म किन्छु । उनी भन्छन’ धन्यवाद छ नेपालका बैंक हरुलाई, लोन त बन्दै गर्नु पर्छ, नभए हामी जस्ता गरीब ४ आना जग्गा सपना मात्र हुने रहेछ । राष्ट्र बैंकले घरजग्गा क्षेत्रको लगानीमा कडाइ गरेपछि घरजग्गा क्षेत्र यो ७ दिन भित्र ठप्प भएको छ ।

कारोबारको कमीसँगै मूल्य पनि कम हुन थालेको व्यवसायी बताउँछन् । आनाको १० लाख भनेको जग्गा ७ दिन मात्र भयो ६ लाख आनामा लिनु भन्दा पनि मान्छेले लिन छोडि सकेका छ । ठुला ब्यबसायी चुर्लुमै डुब्ने अवस्थामा पुग्छन , भने ४ आना ८ आना मात्र लिने साना लगानी कर्तालाई भने फाइेदा हुने छ सस्तोमा खरिद गर्न पायो । ’पछिल्लो समयमा कारोबार नै भएको छैन भन्दा हुन्छ,’ जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले भने, ’माग भए पनि कारोबार हुन सकेको छैन ।’ राष्ट्र बैंकले तोकेको सिलिङका कारण कारोबारमा शिथिलता आएको उनले बताए ।

सिलिङका कारण व्यवसाय ठप्प भएपछि केही समयअघि व्यवसायीले राष्ट्र बैंक र सरकारका अधिकारीसँग छलफल गरेका थिए । बैंकिङ क्षेत्रमा तरलता अभाव देखिए पनि पछिल्लो समय रियलस्टेट कम्पनीले बिक्री गर्न खुल्ला गरेका अधिकांश अपार्टमेन्ट नगदमा खरिद भइरहेका छन् । ’पछिल्ला प्रोजेक्टहरूमा ७५ प्रतिशतको हाराहारीमा नगद खरिद भएको,’ श्रेष्ठले भने, ’तर बैंकहरूले भने घरजग्गामा लगानी ठप्पै पारेका छन् ।’ यो अबधी कम्तिमा २(३ बर्ष नै चल्न सक्ने देखिन्छ । त्यसैले सर्बसाधारण जनतालाई जग्गामा लगानी गरिहाल्नुस् भन्ने अवस्था छैन ।

पछिल्लो समयमा जग्गाको मूल्यमा पनि असर परेको उनले बताए । ’अहिले जग्गाको मूल्य २ गुना घट्न थालिसकेको छ ।  पहिले रियलस्टेटको कर्जामा सिमा तोक्दा मन्दि आयो । पछि मन्दिको असर सकिनै लाग्दा भूकम्प आयो र त्यसले पनि हाउजिङ र अपार्टमेन्टबारे नकारात्मक असर गर्यो । पछि पुननिर्माण गरेर बेच्ने बेलामा कर्जामा कटौती गरियो र ब्याज वृद्धि भयो, यतिबेला घरजग्गा व्यवसाय चरम संकटमा छ’, नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मिनमान श्रेष्ठले भने । नेपाल उद्योग बाणिज्य महासंघको शहरी विकास समितिका सभापति तथा घर जग्गा व्यवसायी ओमराज भण्डारीले पनि तरलताका नाममा घर जग्गाको ऋणमा कर्टाती गरिएसँगै व्यवसाय संकट उन्मुख रहेको बताए । ‘शहरी क्षेत्रमा एक करोड भन्दा कम मूल्यका घर पाइँदैनन्, एक करोडमा घर किन्न आउने मान्छे कसैसँग पनि नगद हुन्न । सबैले बैंकबाट ऋण लिने हो । बैंकले ऋण नियन्त्रण र व्याज वृद्धि गरेपछि घर बिक्रि घट्छ’, भण्डारीले भने । उनले भूकम्पका कारण थला परेको घर जग्गा व्यवसाय तंग्रिनै लागेका बेला राष्ट्र बैंकको कदमले फेरी धारासायी अवस्थामा पुगेको आरोप लगाए ।
नेपालमा घर जग्गा व्यवसाय र कारोबारलाई हेर्न दृष्टिकोणमै व्यापक सुधार आवश्यक रहेको दावी पनि गरे । ‘युरोप र अमेरिकामा घरको मूल्य एक लाख डलर पर्दा बैंकले एक लाख १० हजार डलर ऋण दिन्छन् किन की उसले इन्टेरियर र फर्निचर लगायतका समानमा अतिरिक्त लगानी गरेको हुन्छ । तर नेपालमा भने जम्मा ७० प्रतिशत मात्रै ऋण पाइन्छ’, अहिले त त्यो पनि ठप्प छ अवस्था ज्यादै नाजुक भन्न पुगेको छ ।  राजभण्डारीले दुखेसो पोखे । युरोप, अमेरिकामा मोर्गेज शिर्षकमा दिइन घर जग्गा कर्जाको ऋण भुक्तानी अवधी पनि ३५ बर्ष हुने रसुरुमा ब्याज मात्रै तिरेर अन्तिममा एकै पटक सावाँ भुक्तानी गर्ने सुबिधा पनि रहेको उनले जानकारी दिए । नेपालमा भने ७० प्रतिशत मात्रै कर्जा दिएर पनि सावाको किस्ता र व्याजसहित १५ बर्ष्भित्रै भुक्तानी गरिसक्नु पर्ने व्यवस्था राखिएको पनि उनले असन्तुष्ठि पोखे । ‘युरोप अमेरिकामा होम लोन दिन सरकारले पनि बैंकहरुलाई प्रोत्साहन गरेको हुन्छ ।

तर नेपालमा निरुत्साहित गरिरहेको छ, यो विडम्बना हो’, राजभण्डारीले भने । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले घर जग्गामा लगानी गर्नुलाई अनुत्पादक भन्ने परिभाष नै गलत रहेको बताए । ‘हामीले घर जग्गामा लगानी गर्नुलाई नै अनुत्पादक भनिरहेका छौं, घर घडेरीमा लगानी नगर्नु भनेर नागरिकलाई सधैँ डेरामा बस्नु भन्न खोजिएको हो ?’ शाहले प्रतिप्रश्न गरे । अनुत्पादक कर्जा भनेको के हो भन्ने कुरा नेपालका नियामक निकायले बुझ्नै नसेको पनि दावी गरे । राष्ट्र बैंकले कडाइ गरेपछि घरजग्गा किनबेचमा ७५ प्रतिशतभन्दा धेरैले कमी आएको छ ।

केन्द्रीय बैंकले घरजग्गा कर्जामा लगाएको रोक, सरकारले परिवर्तन गरेको मूल्यांकन प्रणाली र किनबेचमा पुँजीगत लाभकरलगायतका नीति नियमले गर्दा घरजग्गा कारोबार ठप्प हुने दिशातर्फ उन्मुख भएको कुरा व्यवसायीले बताएका छन् । यो आर्थिक वर्षको ९ महिनामा गतवर्ष घरजग्गा बाट प्राप्त राजस्वको आधा पनि प्राप्त नभएको र प्राप्त भएको रकम पनि सरकारले घरजग्गाको मूल्यांकनमा २५ प्रतिशत बढाएकाले मात्र उठेको हुनाले किनबेचमा कुल ७५ प्रतिशत कमी आएको अनुमान गरिएको भूमिसुधार तथा व्यवस्थापन विभागका एक अधिकृतले बताए ।

विभागको तथ्यांकअनुसार चालू वर्षको पहिलो ९ महिनामा ३ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा घरजग्गा रजिष्ट्रेसन तथा अन्य राजस्व संकलन भएको छ । “यदि मूल्यांकन नबढेको भए वर्षभरिमा ३ अर्ब राजस्व संकलन गर्न पनि मुस्किल हुने रहेछ,” विभागका एक अधिकृतले भने । गएको वर्ष सरकारले घरजग्गाबाट ७ अर्ब ४ करोड राजस्व संकलन गरेको थियो । अहिले बैंक तथा वित्तीय संस्थाले घर तथा जग्गा किन्नका लागि ऋण दिँदैनन् । पछिल्लो दुई वर्षदेखि निरन्तर रूपमा बढ्दै गएको मूल्यमा उच्चवृद्धि भएपछि तरलता अभावको समस्या दर्शाउदैं घर कर्जा बन्द गरेको छ ।

“एकातिर कर्जा नीतिमा केन्द्रीय बैंकले नियन्त्रण गरेको छ भने अर्को्तिर हदबन्दीले पनि किनबेच उकुसमुकुस भएको अवस्था छ,” बानियाँले भने । घरजग्गा कारोबारबाट सरकारले पाउने राजस्व ४ वर्षअघिको अवस्थामा पुग्ने लक्ष्यण देखिएको छ । २०६३ साल सरकारले ३ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । महानिर्देशक बानियाँका अनुसार सरकारले घर जग्गाको कारोबारबाट पाउँदै आएको पुँजीगत लाभकरसमेत घट्न थालेको छ । पुस महिनामा ४ करोड ९८ लाख रुपैयाँ राजस्व पाउँदै आएकोमा माघमा त्यो घटेर २ करोड २८ लाख रुपैयाँ भएको छ । यस्तै अवस्था रह्यो भने घर जग्गामा लगानी गर्नु भनेको चुर्लुमै ड्ब्नु हो ।  त्यसैले सचेत भएर लगानी गर्न सबैलाई आग्रह गरे ।
भण्डारी कर्जा रिपोर्टमा दख्खल राक्छन ।

@nepalpati