शुक्रबार, बैशाख १४, २०८१

फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बृद्धि गरेको हो ।

नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७, डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई इन्धनको मूल्य ८२ रूपैयाँ पुगेको छ । निगमले यसअघि जेठ २२ मा पनि पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको थियो ।