पत्रकार महासंघ केन्द्रको ताला खुल्यो

काठमाण्डौ,६ फागुन । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा लगाएको ताला खोलेको छ ।
महासंघका अध्यक्ष महेन्द्र विष्ट र युनियन अध्यक्ष बद्रि सिग्देलबीच दुई बुँदे सहमति भएपछि पूर्वका १६ जिल्लामा शनिबारका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै हुने पक्का भएको छ । तर विवाद भएका पाँचथर र सप्तरीमा भने चुनाव हुने छैन ।
युनियनले सरोकार देखाएका नुवाकोट, दोलखा, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिरहा, सप्तरी, रोल्पा, हुम्ला, दैलख, काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको सदस्यता विवाद महासंघको सचिवालयले सहमतिका आधारमा टुंगो लगाउने महासचिव उजिर मगरले जानकारी दिए ।
सदस्यता विवाद झिक्दै युनियनले फागुन २ गते महासंघको केन्द्रीय कार्यालयमा ताला लगाएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: