शनिबार, बैशाख ०८, २०८१

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको पहिलो जित दर्ता

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पहिलो जित दर्ता गराएको छ । शनिबार विहान भएको समूह ’ए’ को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोलले पराजित गरेको हो । अर्जेन्टिना यसअघि पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । शनिबार अर्जेन्टिनाको जितमा खेलको १३ मिनेटमा रोद्रिगेजले गरेको गोल निर्णायक सावित भयो।

उनले मेसीले उपलब्ध गराएको क्रसमा हेडमार्फत गोल गरेका थिए । कोपा अमेरिकामा अर्जेन्टिना र उरुग्वेबीचको यो ३२औं भिडन्त हो ।

जसमा अर्जेन्टिनाले १४औं जित हात पार्यो। उरुग्वेले १३ खेलमा जित हात पारेको छ। ५ खेल बराबरीमा सकिएका छन् । अर्जेन्टिनाले पराजित गर्नुअघि चिलीले बोलिभियालाई पनि १–० गोलले नै पराजित गर्यो। चिलीको पनि समूहमा चार अंक भएको छ।