जापान,५ फागुन । सम्बृद्ध राष्ट्र निर्माणको लागि दक्ष जनशक्ति भन्ने मुल नाराका साथ गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेशियास्थित क्वालालाम्पुर शहरमा आयोजना हुने भएको छ ।
आगामी १८ – १९ मार्च २०१७ मा आयोजना हुने भएको हो । उक्त सम्मेलनमा भाग लिई भव्यताका साथ सफल बनाउनको लागि एशिया प्रशान्त क्षेत्रीय संयोजक किरण बिक्रम थापाले सम्बन्धित सबैलाई आवह्वान गर्नु भएको छ ।
गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रका मातहतका राष्ट्रहरुको प्रतिबेदन प्रस्तुति र सम्बोधनसहित सुरु हुने उक्त सम्मेलन नेपाल सरकारका पररास्ट्र मन्त्रि प्रकाश शरण महतको प्रमुख अतिथ्यतामा सम्पन्न हुने एनआरएनए जापानका महासचिव अनुज थापाले जानकारी दिनुभयो ।
एसिया प्यासिफिक फुटसल २०१७ आयोजना हुने
१० लाख जापानिज यान पुरस्कार राशिको एसिया प्यासिफिक फुटसल २०१७ आयोजना हुने भएके छ ।
यस पटकको सम्मेलन आपसी भाइचारा बढाउन र एक आपसमा सम्बन्ध अझै प्रगाड बनाउनको लागि एसिया प्यासिफिक फुटसल २०१७ को आयोजना गरिने भएको हो ।
१८ मार्च २०१७ मा आयोजना गरिने एक दिवसीय फुटसल प्रतियोगिताको प्रथम पुरस्कार १० लाख जापानिज यान , दित्तीय पुरस्कार ३ लाख जापानिज यान रहेको छ , प्रतियोगिताको संयोजकमा एनआरएनए जापानका अन्तरास्ट्रिय युवा प्रतिनिधि लेलिन भट्टचन रहनुभयको छ ।
फुटसलको बारेमा थप जानकारीको लागि संयोजक भट्टचनलाइ सम्पर्क गर्न सकिने छ साथै यस सम्मेलनमा भागलिन जान चाहने सम्पूर्ण जापानबासी नेपालीहरुले एनआरएनए जापानका प्रतिनिधिहरुसंग सम्पर्क गर्नसमेत अपिल गरेको छ ।