काठमाडौं,४ फागुन । नेकपा एमाले केन्द्रिय सचिव तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पृथ्वीसुब्वा गुरुङले प्रधानमन्त्री प्रचण्ड जालझेल गरि चुनाव नगराउने खेलमा लागेको आरोप लाउनु भएको छ ।
नेता गुरुङ्ले मातृ सन्देशसंगको कुराकानिमा भन्नुभयो राजनीतिक निकास निकाली मुलुकको विकासको लागी निर्वाचन अपरिहार्य रहेको भन्दै निर्वाचनबाट नभाग्न माओवादी केन्द्रका अध्यक्ष समेत रहेका नेता प्रचण्डलाई सुझाव दिनुभयो ।
निर्वाचनको कुराकानिको क्रममा नजिकदै गरेको स्वबियु निर्वाचनसमेत रोक्ने योजनामा सिंगो माओवादी र अध्यक्ष प्रचण्ड लागेको भन्दै स्वबियु निर्वाचन गरौन डटेर लाग्न बिद्यार्थीलाई नेता गुरुङ्ले आग्रह गर्नु भयो ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०६५ भएपछी करिब आठ वर्षको अन्तरालमा यही फागुन १४ मा हुने निश्चित भएपछि विद्यार्थी संगठनहरु यति वेला चुनावी दौरानमा छन् ।
विशेष गरि अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठन अहिले तिव्र प्रचार–प्रसारमा जुटेका छन् ।
अघिल्लो पटक २ सय १३ वटा क्याम्पसमा निर्वाचन हुँदा एक सय १२ वटा क्याम्पसमा सभापति जितेको एमाले बिद्यार्थी भातृ संगठन अनेरास्ववियुले जितेको थियो ।