बिहिबार, जेठ १७, २०८१

तीन तहकै निर्वाचन गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं,३ माघ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजि निवास बालकोटमा बसेको बैठकले समयावधी भित्रै तीन वटै तहका निर्वाचन सम्पन्न गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । त्यसैगरी बैठकले स्थानीय तहको निर्वाचन बैशाख भरीमा गर्ने वातावरण निर्माण गर्न पनि सरकारलाई आग्रह गरेको  सचिव पृथ्वीसुब्वा गुरुङले फोन सम्पर्कमा बताउनु भयो ।

बैठकले समयसीमा भित्रै तीत वटै तहका निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने पनि निर्णय गरेको छ । मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर निर्वाचनको वतावरण निर्माण गर्न एमालेले पहल गर्ने भएको छ ।